साविक विजेता लुम्बिनीविरुद्ध निरिह बन्यो सुदूरपश्चिम, ८७ रनमै अलआउट

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ । योसँगै जारी खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा ८७ रन बनाएर अल आउट भएको हो।

सुदूरपीश्चमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका लागि किशोर महतोले चार तथा शेर मल्लले तीन विकेट लिए । श्याड्ली भान श्काक्वीक, रोहित पौडेल र तिलक भण्डारीले समान एक-एक विकेट लिए ।

१० ओभरको खेल सहिँदा ७ विकेट गुमाएर ५८ रन मात्रै बनाएको सुदूरपश्चिम सम्हालिएर ब्याटिङ गर्न सकेन ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह व्यक्तिगत २७ रन बनाए। बाँकी खेलाडीले खासै रन जोड्न सकेनन् ।

सम्बन्धित समाचार