जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ

0 Shares

सुनसरी । जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगर ४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई र ईश्वर कार्की, टिकाराम गेलाल र जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू छन् ।

प्रहरीले उनीहरूका साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ । पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार