आज मिति २०८३ साल असोज २९ गते बिहीबार । सन् २०२६ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४६, रौद्र संवत्सर । श्रीशाके १९४८, आश्विन शुक्लपक्षको पञ्चमी तिथि । बिहान ६ बजेर ४ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर ३३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफल:
मेष
सेवामूलक कामबाट धनलाभ हुने समय छ । कर्मबल बढ्नेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । आफन्तको साथ मिल्ने छ ।
बृष
प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।
मिथुन
भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्क रहनुहोला ।
कर्कट
ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र लाभ मिल्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ ।
सिंह
सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । कतै मानसम्मान मिल्ने सम्भावना छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।
कन्या
सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यवसायिक कामबाट फुर्सद मिल्ला । कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने छ ।
तुला
सरल जीवनशैलीले धेरैको मन लोभ्याउने समय छ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिएला । आयआर्जन राम्रै हुने देखिन्छ । तथापि, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला ।
वृश्चिक
मिश्रित फलदायी दिन छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ, तर सोचेभन्दा कमै फाइदा मिल्ने योग छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ ।
धनु
आम्दानीमा सुधार आए पनि खर्च नियन्त्रणको प्रयत्न गर्नुपर्ने समय छ । मान र विद्या प्राप्त होला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ख्याल राख्नुहोला ।
मकर
न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । नसोचेको ठाउँमा खर्च हुने योग छ । गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण बढ्ने छ ।
कुम्भ
केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । तथापि, शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ने देखिन्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ ।
मीन
सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम क्रमशः सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने छ ।