लिभरपुलविरुद्ध सिटीको सानदार जित

0 Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघनमा दोषी ठहरपछि म्यानचेस्टर सिटीले खेलेको पहिलो खेलमा लिभरपुललाई हराएको छ।

गएराति एनफिल्डमा भएको खेलमा सिटीले लिभरपुलविरुद्ध ३–० को सानदार जित हात पारेको हो। सिटीको जितमा एर्लिङ हालान्ड, जेरेमी डोकु र रायन चेर्कीले गोल गरे।

अंक तालिकामा ३ अंकको अग्रता बनाउन सिटीको यो प्रभावशाली जित हो। प्रिमियर लिगबाट निष्कासन, रेलिगेसन वा कीर्तिमानी अंक कटौतीजस्ता सम्भावित कारबाहीको प्रतीक्षामा रहेको सिटीका लागि यो सिजन अझै पनि अनिश्चितताको घेरामा रहेको छ।

खेलअघि र खेलका क्रममा लिभरपूलका समर्थकले धोकेबाज भन्दै आक्रोश पोखेका थिए। खेलको ६२औँ मिनेटमा रायन ग्राभेनबर्च रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लिभरपुल १० खेलाडीमा सीमित भएको थियो।

त्यसको तीन मिनेटमा नै एर्लिङ हालान्डको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। त्यसको तीन मिनेट पछि नै अर्थात ६८ औँ मिनेटमा जेरेमी डोकुको गोलमा सिटीले अग्रता दोब्बर पार्‍यो। खेलको ७८ औँ मिनेटमा रायन चेर्कीको गोलमा सिटीले ३–० को अग्रता बनायो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सिटीले जित दर्ता गर्यो।

गएराति नै भएको अन्य खेलमा क्रिस्टल प्यालेसले नटिङघम फरेष्टलाई ३–१ ले तथा अर्को खेलमा हल सिटी र एभर्टनले २–२ को बराबरी गर्दै अंक बाँडे।

सम्बन्धित समाचार