0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको जनाकारी दिँदै मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन् ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो। यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ,’ उनले भने ।
यस क्रममा उनले यस पटक कुनै पनि प्यानल वा गुट नभएकाले आफ्नो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रुपमा नबुझिदिन आग्रह गरे ।