आज तीन प्रदेशमा हल्का वर्षा हुने, बाँकी स्थानको मौसम कस्तो ?

0 Shares

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशीलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

यस्तै, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

आज राति कोशीलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । यी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार