कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

0 Shares

बारा । निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

हिजो बेलुका कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधी उपचार गराइएको थियो । तर आज बिहान ४:०० बजे उठाउन खोज्दा नउठेपछि मृत्यु भएको जानकारी ६:४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा गराइएको थियो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ । घटनामा संलग्न विजय मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार