सुनचाँदीको मूल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ । यस्तै चाँदीको मूल्यले ३५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३९० कायम भएको छ ।

बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचार