कांग्रेस १५औँ महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु

0 Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदै छ । खुलामञ्चमा हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गर्ने भएका छन् ।

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदै छन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेस)मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ ।

महाधिवेशनको पहिलो दिन आइतबार उद्घाटन समारोह भएको थियो । आजैदेखि केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन कार्यक्रमसमेत सुरु हुँदै छ ।

सम्बन्धित समाचार