दाउन्ने बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

0 Shares

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिए ।

घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

सम्बन्धित समाचार