डोल्पामा सीता एयर दुर्घटना

0 Shares

काठमाडौँ । नेपालगन्जबाट डोल्पाका जुफाल एयरपोर्ट उडेको सिता एयर दुर्घटना भएको छ ।

१३ जना यात्रु बोकेर गएको सानो विमानको पछाडिको दायाँतर्फको टायर फुस्केपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डीएसपी अनिल गिरीका अनुसार सबै यात्रु सकुशल छन् भने धावनमार्गमा मर्मत भइरहेको छ ।

नाइ–एन–एजेएच कलसाइन रहेको जहाज आज बिहान ८ बजेर २५ मिनेटको समयमा दुर्घटना भएको हो । विमानमा सात जना विदेशी नागरिकसमेत थिए । जहाज धावनमार्गमै रोकिएपछि अन्य जहाज अवतरण गर्न सकेका छैनन् । जुफालकाे उडान अवरुद्ध छ ।

सम्बन्धित समाचार