0
Shares
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरनजिकै पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका ७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो । प्रहरीका अनुसार बेनीघाट रोराङ गाउँपालिका ९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ ।
यसअघि गत भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गर्दा १८ दिनसम्म पृथ्वी राजमार्ग ठप्प भएको थियो ।