प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

0 Shares

काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।

प्रधानमन्त्री शाह यही अंग्रेजी वर्ष २०२६ भित्रै भारत जानेगरी परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीकाअनुसार प्रधानमन्त्री शाहको भ्रमणका लागि नोभेम्बर अन्तिमतिरको मिति प्रस्ताव भएको छ । तर फाइनल भइसकेको छैन । उनकाअनुसार मंसिर पहिलो सातालाई मिति प्रस्ताव गरिएको हो ।

भ्रमण दुई दिनको हुनेगरी गृहकार्य भइरहेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि हालै भारत भ्रमणमा विदेशमन्त्री डा. एस जयशंकरसँग प्रधानमन्त्रीको भ्रमणबारे छलफल भएको र निकट भविष्यमै प्रधानमन्त्रीले भ्रमण गर्ने बताएका थिए ।

चैत १३ मा प्रधानमन्त्री भएका शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाईका साथसाथै औपचारिक रुपमा भारत भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री शाह भने पहिलो विदेश भ्रमणका क्रममा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न अमेरिका यात्रामा निस्किएका छन् । यद्यपि पहिलो औपचारिक भ्रमण भारत नै हुने निश्चित भएको छ ।

सम्बन्धित समाचार