काठमाडौं । पुनर्गठन र पुनःर्निर्माणको बहसमा केन्द्रित नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदै छ ।
अहिले ९ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहने छ । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मङ्गलबारसम्म ११८ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरूले धारणा राख्ने छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका तीन मिनेटको समय उपलब्ध गराइएको छ ।
प्रचार विभाग आचार्यका अनुसार आज अबरेसम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी छ । सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र उक्त निर्णयहरु अनुमोदनका लागि पुनः केन्द्रीय समितिमा प्रस्तुत गरिने उनले बताए ।