काठमाडौं। माछापुच्छ्रे बैंकले असोज २८ मा बस्ने गरी पोखरामा वार्षिक साधारणसभा आह्वान गरेको छ। असोज २ गतेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।
साधारणसभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति दिनेछ भने कम्पनी र कम्पनीका सहायक कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ।
यस वर्ष बैंकले गत वर्षको मुनाफाबाट साधारण सेयरधनीलाई कुल ६ प्रतिशत र अग्राधिकार सेयरधनीका लागि करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ। साधारण शेयरका लागि प्रस्ताव गरिएको कुल लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र करसमेत ३ प्रतिशत नगद लाभांश रहेको छ।
विगतका वर्षमा अधिकतम २१ दशमलव ८४ प्रतिशतसम्म लाभांश वितरण गरेको बैंकले गत वर्ष ८ प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारणसभामा संस्थापकबाट तीन जना र सर्वसाधारणबाट एक जना सञ्चालक बाँकी कार्यकालका लागि निर्वाचन गर्ने कार्यक्रम तय गरिएको छ। साधारणसभा सभा प्रयोजनका लागि बैंकले असोज १२ गते बुक क्लोज गर्नेछ।