त्रिशुली १ जलविद्युतको सुरुङबाट निकालिएको २४ शव सनाखतमा सहयो गर्न प्रहरीको आग्रह

0 Shares

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषणा बाढीका कारण त्रिशुली नदीमा आएको बाढीले त्रिशुली १ जलविद्युत् आयोजनाको सुरुङमा पुरिएका २४ शव निकालेको छ ।

रसुवाको आमाछोदिङ्गो गाउँपालिका १ हाकुस्थित २१६ मेगावाट क्षमताको त्रिशुली १ जलविद्युत् आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी २४ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शवलाई असोज ३ गते शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका ६ स्थित केन्द्रीय कारागार कार्यालय परिसरमा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शव सनाखतका लागि मृतकका परिवार तथा आफन्तजनलाई खम्बाक्याम्प पुग्न आग्रह गरेको छ ।

बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको शव हुन सक्ने भएकाले पहिचानका लागि परिवारजनलाई आवश्यक सहयोग गर्न अनुरोध हो । शवको सनाखत तथा आवश्यक समन्वयका लागि प्रहरी निरीक्षक आशिष साहलाई ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार