0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष छलफल सुरु गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पछिल्लो समय विभिन्न समूह तथा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै आएका छन् ।
छलफलमा नयाँ प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा नयाँ उद्यमसम्बन्धी नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेर विचार आदानप्रदान भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
जेनजी आन्दोलनपछि बनेको सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा समेत डिजिटल शासन, सार्वजनिक सेवा प्रवाह सुधार तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।