0
Shares
काठमाडौँ। रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङमा थप एक जनाको शव भेटिएको छ । गोताखोर टोलीले १३० मिटर भित्र प्रवेश गरेर थप एक जनाको शव निकालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बुधबार नै गोताखोरहरूले ३ जनाको शव र एउटा मानव अङ्ग फेला पारेका थिए । आज मात्रै चिलिमेमा फेला परेका शवको सङ्ख्या ४ पुगेको छ।
एक जनाको खुट्टाको भाग भेटिएको छ । यसअघि भदौ १३ मा चिलिमेको सुरुङको मुखबाट सेनाले १ जनाको शव र एउटा मानव अङ्ग निकालेको थियो।
भदौ १० मा चीनको ल्हेन्दे खोला हुँदै आएको भिषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ११ वटै आयोजनाको टनेलमा मानिसहरू फसेका छन्। नेपाली सेनाको नेतृत्वमा अहिले ६ वटा आयोजनामा खोज तथा उद्धारको काम भइरहेको छ।