0
Shares
काठमाडौं । नबिल बैंकले शेयरधनीलाई १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ४२ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ। बैंकको साधारण सभा असोज २२ गते त्रिभुवन आर्मी क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजे बस्नेछ।
कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नेछ । त्यस्तै, अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पनि पेश हुनेछ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।