काठमाडौँ । बुधबार सुनको भाउ रेकर्ड मूल्यबाट प्रतितोला ५०० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ७०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको भाउ बुधबार भने प्रतितोला ५०० रुपैयाँ घटेको हो ।
बुधबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३३८ दशमलव ०५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ७३ पैसामा कारोबार भइरहेको छ ।