बृहत् आँखा शिविरबाट एक हजार चार सय लाभान्वित

0 Shares

सिन्धुपाल्चोक । रोटरी क्लब अफ धुलिखेलले जिल्लाका चार वटा पालिकामा एकै पटक आयोजित निःशुल्क बृहत् आँखा शिविरमा एक हजार ४०० जनाको नेत्र परीक्षण गरिएको छ ।

चौतारा सागाँचोकगदी नगरपालिका ५ मेलम्ची नगरपालिका ११, बाह्रबिसे नगरपालिका ३ र इन्द्रावती गाउँपालिका ५ मा आयोजिते शिविरमा नेत्र परीक्षण गरिनाका साथै औषधि पनि वितरण गरिएको थियो ।

शिविरमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया पनि गरिएको क्लबका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए । शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत संस्थाले सहयोग गरेका थिए ।

सम्बन्धित समाचार