बाढी पीडितलाई राहत संकलन हुने क्रम जारी, कुन संस्थाले कति दिए?

0 Shares

काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि राहत रकम संकलन जारी छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संकलन भएको नगद क्रमशः दाखिला गर्नेको सङ्ख्या बढेसँगै कोषमा रकम बढ्दै गएको छ ।

झापाबाट निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज बाढी पीडितका लागि ७५ लाख ५३ हजार ९४७ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको छ ।

प्याब्सनमा आबद्ध १३९ विद्यालयमार्फत सो राहत रकम संकलन गरिएको प्याब्सन, झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, बाराबाट कलैया उपमहानगरले भोटेकोशी बाढी पीडितका लागि ७७ लाख ७७ हजार ७७७ आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । उक्त रकम पालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीबाट संकलन गरिएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिए ।

बाँके जिल्लाका निजी विद्यालय तथा विद्यार्थीले भोटेकोशी बाढी पीडितको राहतका लागि संकलन गरिएको ६५ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । विद्यार्थीले आफ्ना नियमित खाजा खर्चबाट जोगाएको उक्त रकम कोषमा जम्मा गरिएको प्याब्सन, बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।

सम्बन्धित समाचार