शाहले लिए उद्योग मन्त्रीको शपथ

0 Shares

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार साँझ राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ गराएका हुन् ।

बुधबार ग्यास उद्योगीको पाता कस्नु पर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट आजै दिउँसो राजीनामा दिएकी थिइन् ।

उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सुनसरी ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शाहलाई उद्योग मन्त्रीमा सिफारिस गरेका थिए ।

सम्बन्धित समाचार