भोटेकोशी बाढीमा परेका झण्डै १४ सयको शव फेला, हजारौँ बेपत्ता

0 Shares

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ३७७ जनाको शव भेटिएको छ । बाढीमा परी पाँच हजार १३० जना बेपत्ता रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक तथ्यांक प्रस्तुत गरेको हो ।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ जनाको शव भेटिएको छ ।

बाढीमा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । बेपत्ता रहेका कुल ५,१३० जनामध्ये रसुवा र नुवाकोट क्षेत्रका धेरै मानिस रहेका छन् । हालसम्म १०४ वटा शव सनाखत हुँदा बाँकी सनाखत हुन सकेको छैन ।

विपद्‌पछि विभिन्न १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना डिस्चार्ज भइसकेका छन् । उद्धारतर्फ हालसम्म १३ हजारा ६५६ जनाको उद्धार गरिएको छ ।

खोज, उद्धार र सुरक्षाका लागि कुल २१ हजारा ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८,८८५, नेपाल प्रहरीका ७,९७५ र सशस्त्र प्रहरी बलका ४,२०३ जना खटिएका छन् ।

सम्बन्धित समाचार