सानिमा बैंकले असोज १२ गते बोलायो साधारण सभा

0 Shares

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले असोज १२ गते सोमबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश, कर प्रयोजनार्थसहित, वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, अग्राधिकार शेयरधनीलाई शेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा समानुपातिक रूपमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार