एभरेष्ट बैंकले बोलायो साधारण सभा, १५% लाभांश प्रस्ताव पारित गर्दै

0 Shares

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले असोज १४ गते बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका साथै लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावसमेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार