सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

0 Shares

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिजापतिलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो।

सिजापतिको नियुक्ति शुक्रबारदेखि नै लागू भएको बैंकले जनाएको छ। उनले शुक्रबारै बैंकको सीईओका रूपमा पदभार ग्रहण गरेका छन्।

सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापति सुयोग श्रेष्ठको कार्यकाल सकिएपछि सांग्रिला डेभलपमेन्ट बैंकको नेतृत्वमा आएका हुन्।

सम्बन्धित समाचार