काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज बसेको सञ्चालक समितिको ३५१औँ बैठकले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजारको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको करसहित गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीलाई वितरण गरिने छ ।
६ अर्ब २ करोडभन्दा बढी चुक्ता पुँजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोडभन्दा बढी कायम हुनेछ ।
काठमाडौंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएमसहित ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।