नेपाल भित्रिँदै कियाको नयाँ विद्युतीय गाडी

0 Shares

काठमाडौं । किया मोटर्सको नयाँ विद्युतीय एसयूभी किया क्लाभिस ईभी नेपाली बजारमा आउने भएको छ ।

किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले क्लाभिस ईभी नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री सुरु गर्नुअघि नै यसको मूल्यसमेत सार्वजनिक गरेको छ ।

भारतीय बजारमा क्लाभिस ईभीको अधिकतम मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो गाडी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ ।

४२ किलोवाट आवरको ब्याट्रीले ४०४ किलोमिटर र ५१.४ किलोवाट आवरको ब्याट्रीले ४९० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । नेपालमा भने कुन भेरियन्ट उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन ।

क्लाभिस ईभीमा फास्ट चार्जिङ सुविधा पनि छ । यसबाट ब्याट्रीलाई ३९ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

यो एसयूभीमा दुई प्रकारका मोटर विकल्प छन् । सानो मोटरले १३५ हर्सपावर र ठूलो मोटरले १७१ हर्सपावरसम्म शक्ति उत्पादन गर्छ । गाडीमा ६ देखि ७ जनासम्म यात्रा गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचार