भदौ १४ गते आइतबार तपाईंको दिन कति शुभ?

0 Shares

आज मिति २०८३ साल भदौ १४ गते आइतबार । सन् २०२६ अगस्ट ३० तारिख । नेपाल संवत् ११४६ रौद्र संवत्सर । भाद्र कृष्णपक्षको द्वितीया तिथि । आज बिहान ५ बजेर ४२ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर २६ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः

मेष

कर्मबल र सफलता वृद्धिको समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ भने अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला ।

बृष

सामान्य प्रयासबाटै काममा सफलता मिल्ने र मिहेनतबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कार्य पनि सजिलै पुरा हुनेछन् । व्यापारमा फाइदा हुनेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्ने छन् । मित्रजनले काममा सहयोग जुटाउने छन् ।

मिथुन

मिश्रित फलदायी समय छ । सामाजिक प्रतिष्ठा मिल्ने तथा गरेका कामको प्रशंसा हुनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । कुनै महत्वपूर्ण निर्णय गलत ठाउँमा पर्न सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्र्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ ।

कर्कट

अरूका काममा ज्यादा समय खर्चनुपर्ने दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । शारीरिक कमजोरीका बाबजुद जिम्मेवारी भने बढ्ने देखिन्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । मिहेनतले यश वर्चश्व वृद्धि गर्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

सिंह

नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित ब्यापार व्यवसायबाट सोचेअनुसार लाभ हुनेछ । पहिलेका कमी कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको मन फर्किने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । आफन्तहरू टाढिन सक्छन् । बौद्धिक कार्यमा हैरानी बढ्न सक्छ ।

कन्या

नयाँ काम सुरु गर्ने समय छ, तर आकस्मिक खर्च वृद्धिले अप्ठ्यारोमा पार्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग पनि छ । नियमित कामको चाप पनि बढ्न सक्छ । खर्चको मात्रा बढ्न सक्छ ।

तुला

राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नुका साथै मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । आम्दानी वृद्धि हुनुका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र पनि अनुकुल एवम् शुभदायी रहेको छ ।

वृश्चिक

कामको सन्दर्भमा अलि प्रतिस्पर्धा गर्नुपरे पनि उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । केही चुनौती देखापरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्ने छन् ।

धनु

व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने छ ।

मकर

रोकिएका काम बन्नुका साथै दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् भने यात्रा मनोरञ्जनपूर्ण र फलदायी रहला । कामको जिम्मेवारी थपिन सक्छ । बोलीमा सजगता नअपनाए झुटा आरोप लाग्नसक्ने योग रहेकोले विशेष सजगता अपनाउनुहोला ।

कुम्भ

नयाँ काम सुरु गर्न सकिने र श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । कृषि तथा पशुपालनमा भने खर्च केही बढ्ने देखिन्छ । तथापि नियमित व्यवसायबाट धनलाभ हुनेछ ।

मीन

चुनौतीयुक्त समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेको विशेष सावधानी अपनाउनु होला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । नियमित काममा समेत केही चुनौती देखापर्ने छन् । स्वास्थ्य केही कमजोर रहन सक्छ ।

सम्बन्धित समाचार