0
Shares
काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धारसँगै राहतका लागि प्रधानमन्त्री राहत कोषमा पाँच अर्ब ४ करोड ४६ लाखभन्दा बढी जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको बताएका हुन् । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताए ।
प्रधानमन्त्री शाहले भने, ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’