सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६२०.३५ अमेरिकी डलर र चाँदी ६९.०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार