नाडा अटो शोमा दिपल एस०५ म्याक्सको विशेष मूल्य, ६१ लाख ४९ हजारबाट उपलब्ध

0 Shares

काठमाडौं । नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्सको विशेष मूल्य सार्वजनिक गरिएको छ। नेपालका लागि दिपल विद्युतीय सवारीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले एस०५ म्याक्सलाई ६१ लाख ४९ हजार रुपैयाँदेखि उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार उक्त विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू हुनेछ।

नेपालमा सार्वजनिक भएदेखि दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारीको बजारमा राम्रो उपस्थिति बनाएको कम्पनीको दाबी छ। आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर, अत्याधुनिक प्रविधि र आरामदायी ड्राइभिङ अनुभव यसका प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ।

एस०५ म्याक्समा फ्रेमलेस ढोका, भविष्यवादी डिजाइन तथा प्रिमियम क्याबिन रहेको छ। यसमा रिमोट स्मार्ट इन्टर्‍याक्सन अर्बिट, एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटलगायतका प्रविधि उपलब्ध छन्।

कम्पनीले लक्जरी, प्रविधि, डिजाइन र दैनिक प्रयोगको व्यावहारिकतालाई संयोजन गरिएको एस०५ म्याक्स प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकका लागि आकर्षक विकल्प हुने जनाएको छ।

नाडा अटो शोमा सहभागी आगन्तुकले दिपलको पेभिलियनमा एस०५ म्याक्स अवलोकन गरी यसको विशेषता र मूल्यबारे जानकारी लिन सक्नेछन्।

सम्बन्धित समाचार