झण्डै चार करोड गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम)मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सर्भेक्षक सुडीले २०४६ देखि २०८१ सम्मको अवधिमा तीन करोड ७१ लाख ८४ हजार गैरकानुनी रुपमा आम्दानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोपपत्र दायर गरेको हो । सुडीले २०४६ सालदेखि २०८१ सम्मसम्म वैध आम्दानीतर्फ ६ करोड तीन लाख पचासी हजार ३० वैधानिक आय आर्जन गरेको जनाएको छ ।

सर्भेक्षक सुडीले सबैतर्फ गरेर नौ करोड ७५ लाख ६९ हजार बराबरको व्यय लगानी भेट्टिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपोनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख समेतको प्रचलित कानुन बमोजिम जफत गर्ने प्रयोजनार्थ सुडीकी पत्नी सुमीत्रादेवी साहलाई प्रतिवादी कायम गरेको बताए ।

सम्बन्धित समाचार