‘नाडा अटो शो’लाई लक्षित गर्दै कुमारी बैंकको सवारी कर्जा सार्वजनिक

0 Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२६’ सुरु भएको छ ।

नाडा अटो शोलाई लक्षित गर्दै कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ ।

कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ब्याजदर अझै घट्न सक्ने जनाएको छ। कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। व्यावसायिक सवारी खरिदका लागि भने आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

सम्बन्धित समाचार