0
Shares
काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १३.५१ अंक बढेर २०८३.०४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७५ अंक बढेर २०८७.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ५३ स्टकको ९४ पटकको कारोबारमा ८५ लाख २१ हजार ८७९ रुपैयाँबराबरको १३ हजार ३४० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३१ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।