आज मिति २०८३ भाद्र ५ गते शुक्रबार । सन् २०२६ अगस्त २१ तारिख । नेपाल सम्बत ११४६ गुलाथ्व नवमी तिथि । श्रावण शुक्ल पक्ष नवमी, आज बिहान ५ बजेर ३७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ३८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन केही चुनैतीयुक्त रहला । चिताएको विशेष काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, सजग रहनुपर्ने छ ।
बृष
शुभता बढेर रोकिएको काम बन्नेछ । सामथ्र्यवृद्धि होला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । तथापि, जीवनसाथीलाई केही पीडा हुने योग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिनसक्छ ।
मिथुन
लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । भौतिक साधनहरू जुट्ने छन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । राजनीतिक पहुँच बढ्नेछ भने कुनै नयाँ काम प्रारम्भ हुने देखिन्छ ।
कर्कट
विभिन्न अवसरले पछ्याउने र सन्तान एवम् अनुयायीले पनि प्रशन्नता दिलाउने समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठनमा राम्रो प्रगति हुनेछ । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । दाम्पत्यसुख बढ्नेछ, पारिवारिक समस्याको समाधान मिल्ने छ ।
सिंह
आजको दिन घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । दैनन्दिन कार्यमा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला ।
कन्या
आजको दिन पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । दैनिक क्रियाकलापमा असन्तुलन आएको अनुभूति होला । चोटपटक लग्नसक्ने या हाड–जोर्नीमा समस्या आउने योग रहेकोले हिँडडुल गर्दा, सवारीसाधनको प्रयोग र हातहतियार चलाउँदा विशेष सावधानी अपनाउनुहोला ।
तुला
मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने राम्रै धनलाभ पनि हुन सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।
वृश्चिक
आजको दिन रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा नै हुनेछ । तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ ।
धनु
मिश्रित फलदायी समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच वृद्धि हुने देखिन्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । धार्मिक काममा बाधा सृजना हुन सक्छ ।
मकर
आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने देखिन्छ । काममा आफन्तको सहयोग जुट्ला । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिएला । तर, आफ्नै कमजोरीले हातमा आएको राम्रो अवसर गुम्न सक्ने योग छ, सजग रहनुहोला ।
कुम्भ
आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रै फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । आरोग्यबल बढ्ने छ ।
मीन
दिन उल्लासपूर्ण रहला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । यात्राबाट धनलाभ हुनसक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिसम्बन्धी कारोबारबाट राम्रै फाइदा मिल्ने छ ।