0
Shares
काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। आज नेप्से २.२५ अंकले गिरावट हुँदै २६४१ विन्दुमा कायम भएको छ।
आज ७२ कम्पनीको मूल्य बढेको छ। यस्तै, २०१ को घट्दा ७ कम्पनीको मूल्य स्थिर बसेको छ। आज कारोबार रकम भने बढेको छ। अघिल्लो दिन चार अर्ब २७ करोडको कारोबार भएकोमा आज पाँच अर्ब ५२ करोडको सेयर किनबेच भएको हो।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११.१७ र सगरमाथा जलविद्युत कम्पनीको ११.०६ प्रतिशत मूल्य बढ्यो।
फर्स्ट माइक्रोफाइनान्सको ६.६३, महिला लघुवित्तको ६.५७, खानीखोला हाइड्रोपावरको ६.३३ प्रतिशतले मूल्य घट्यो।