0
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन् । करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज सम्बोधन गर्ने भएका हुन् ।
सभापति थापाले पार्टी बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्ने भएका हुन् । उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफूविरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएका छन् ।
हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए ।