नाइमा मोबिलिटी एक्स्पोः २०२६ सम्पन्न, एक लाख ८० हजार हाराहारी दर्शकले गरे अवलोकन

0 Shares

काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ समापन भएको छ। साउन २६ गतेबाट सुरु भएको एक्स्पो आज समापन भएको हो।

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो अत्यन्तै सफल र उत्साहजनक भएको बताइन्। उनका अनुसार अघिल्लो संस्करणमा करिब १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक झण्डै दुई लाखको संख्यामा पुगेको हो।

एक्स्पो अवधिभर एक लाख ८० हजार हाराहारीमा दर्शक पुगेको उनले बताइन्। प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

अध्यक्ष वैद्यले नाइमाले विभिन्न सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्दै नीति निर्माणका क्षेत्रमा समेत योगदान गर्दै आएको बताइन्। आगामी दिनमा यस्ता गतिविधिलाई थप सुदृढ गर्दै अटो क्षेत्रको विकास र विस्तारमा संस्थागत रूपमा योगदान गर्ने उनको भनाइ छ।

सम्बन्धित समाचार