पवन्नगर खानेपानी संस्थाका लागि पानी शुद्धीकरण आयोजना अघि बढ्दै

0 Shares

दाङ । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको पहलमा संघीय खानेपानी कार्यालयमार्फत पवन्नगर खानेपानी उपभोक्ता संस्थाका लागि पानी शुद्धीकरण आयोजनामा बजेट विनियोजन भएको छ।

उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा आज डीपीआर टोलीसँग छलफल गरिएको छ। छलफलका क्रममा पानी शुद्धीकरण केन्द्र निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विभिन्न प्राविधिक तथा व्यवस्थापकीय विषयमा समेत छलफल भएको हो।

छलफलमा पवन्नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष, कार्यसमिति, सल्लाहकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउँदै उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने विषयमा जोड दिएका छन्।

पानी शुद्धीकरण आयोजना सञ्चालनमा आएपछि पवन्नगर क्षेत्रका उपभोक्ताले थप सुरक्षित र गुणस्तरीय खानेपानी सेवा पाउने अपेक्षा गरिएको छ। आयोजना समयमै कार्यान्वयनमा ल्याउन सम्बन्धित निकाय, खानेपानी संस्था र सरोकारवालाबीच आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

सम्बन्धित समाचार