0
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
इतर पक्षको भेलालाई सम्बोधन उनले गर्दै आफूहरूले विभाजन चाहेको भनेर भ्रम फैलाइएको बताए । ‘कांग्रेसको आधिकारिकता (गगन थापा पक्ष)सँग अहिले जहाँ छ, त्यहाँ आत्मा छैन, शरीर मात्रै छ। आत्मालाई जबरजस्ती बाहिर धकेलेर निकालियो,’ उनले भने, ‘त्यसैले आत्मासहितको कांग्रेस आवश्यक छ।’
उनले त्रुटि भएकाले सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको बताए । सर्वोच्चबाट निस्सा पाएपछि गगन नेतृत्वको कार्यसमितिलाई स्वीकार्न नकिने बताए ।