0
Shares
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले गगन थापाले निर्वाचन आयोगलाई हतियार बनाएर पार्टी लुटेर लगेको बताएका छन् ।
कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस सभापति थापामाथि यस्तो आरोप लगाएका हुन् ।
‘निर्वाचन आयोगलाई हतियारको रूपमा प्रवेश गरेर कांग्रेस लुटेर लगिएकै हो। त्यो अपराध हो, क्षम्य हुँदैन,’ उनले भने, ‘सर्वोच्च अदालतबाट केही राहत महसुस भएको छ, हामीले न्याय पाउने विश्वास गरेका छौँ।’
सर्वोच्च अदालतले कांग्रेसभित्र देखिएको समस्या पुनरावलोकन गर्न आदेश दिएसँगै उनले न्याय पाउने विश्वास व्यक्त गरे । यस क्रममा उनले राजनीति तरल अवस्थामा रहेकाले त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए ।