देउवाले उद्घाटन गरे राष्ट्रिय भेला

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।

शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा देउवाले राष्ट्रिय भेला उद्घाटन गरेका हुन्। तीन दिनसम्म चल्ने भेलामा कांग्रेसको सस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता सहभागी छन्।

भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको सभापतिमा आयोजित भेलामा उद्घाटन समारोहमा देउवासँगै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरू सहभागी छन्।

 

सम्बन्धित समाचार