काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा सहभागी भएको छ। ग्राहकलाई सहज रूपमा उक्त कार्यक्रममा सहभागी गराउने उद्देश्यले बैंकले मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको जनाएको छ।
बैंकका अनुसार मोबाइल बैंकिङमार्फत Merchant QR मा भुक्तानी गर्दा योग्य कारोबार स्वतः कार्यक्रममा समावेश हुनेछ। त्यसका लागि ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन। ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन्।
आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात् रु. १ लाखसम्म तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
बैंकले ग्राहकहरूलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, PAN/VAT बिल लिन तथा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। साथै, आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न पनि बैंकले ग्राहकलाई अनुरोध गरेको छ।