नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ४ अर्ब ११ करोड रुपैयाँको कारोबार

0 Shares

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २६४१.८५ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ९.०४ अंक अर्थात् ०.३४ प्रतिशतले घटेर २६४१.०५ बिन्दुमा पुगेको थियो।

नेप्सेमा १ सय ३३ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय २२ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ४० कम्पनीको ९५ लाख ३४ हजार २ सय २१ कित्ता सेयर ५२ हजार ७३ पटक किनबेच भएको छ। आज ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६ सय रूपैयाँको कारोबार भएको छ।

माथिल्लो लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेड को ४८ करोड ८७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ। ७ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन ०.७७ प्रतिशत घटेको छ।

सम्बन्धित समाचार