नबिल बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने

0 Shares

काठमाडौं । नबिल बैंकले विद्युतीय तथा इन्धनबाट चल्ने सवारीसाधन खरिदका लागि ५.४४ प्रतिशत फ्लोटिङ ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ।

नबिल अटो लोनअन्तर्गत ग्राहकले अधिकतम ७ वर्ष अवधिका लागि ८० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। बैंकले सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ।

कर्जामा ०.७५ प्रतिशत प्रशासनिक शुल्क र ०.१५ प्रतिशत कमिटमेन्ट शुल्क लाग्नेछ। ग्राहकको आम्दानीको अधिकतम ५० प्रतिशतसम्म किस्ता हुने गरी कर्जा प्रवाह गरिने बैंकले जनाएको छ।

२१ वर्ष पूरा भई ७० वर्ष ननाघेका व्यक्तिले यस्तो कर्जा लिन सक्नेछन्। व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि आवश्यक कागजात पूरा गरेपछि कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

सम्बन्धित समाचार