रास्वपाले ‘हामी सुन्छौ’ अभियान सुरु गर्ने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने भएको छ। केन्द्रीय समितिको निर्णय बमोजिम आगामी साउन २५ गतेबाट पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सुरु गर्न लागेको सहमहामन्त्री हरि ढकालले बताए।

नागरिकका गुनासा, समस्या र अमूल्य सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्न र सम्बोधनका लागि आवश्यक सहजीकरण गर्न प्रत्येक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्येबाट दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको उनले बताए।

अभियानमा कम्तीमा एक जना प्रतिनिधिसभा सदस्यको उपस्थिति हरेक दिन अनिवार्य रहने उनले बताए।

सम्बन्धित समाचार