काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै जाँदा विद्युतीय सवारीप्रति उपभोक्ताको उत्साह थप बढेको छ । यसै अवसरलाई अझ विशेष बनाउन एथर इनर्जी नेपाल (Ather Energy Nepal) ले प्रदर्शनीमा आउने सम्पूर्ण आगन्तुकहरूका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालनमा ल्याएको छ ।
अभियानअन्तर्गत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु एथर स्कुटर जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् । गत वर्ष आयोजित यही अभियानमार्फत सालिक राम कँडेलले एथर रिज्टा (Ather Rizta) जित्न सफल भएका थिए भने सहभागीहरूको उत्साहजनक प्रतिक्रियालाई मध्यनजर गर्दै यस वर्ष पनि यसलाई निरन्तरता दिइएको छ ।
यसरी लिन सकिनेछ सहभागिता:
प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकहरूले चारवटा सरल चरणहरू पूरा गर्नुपर्नेछ:-
-एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्ने ।
-नाइमा मोबिलिटी एक्स्पो २०२६ को हल सी, स्टल सी-२ मा रहेको एथरको स्टलमा अवलोकनका लागि पुग्ने ।
-एथर स्कुटरसँग एउटा आकर्षक र स्मरणीय फोटो खिच्ने ।
-उक्त फोटो आफ्ना सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै अन्य दुई जना साथीहरूलाई पनि ट्याग गर्ने ।
यी प्रक्रिया पूरा गरेसँगै सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुनेछन् र भाग्यशाली विजेताको घोषणा गरिनेछ ।
स्टलका अन्य विशेषताहरू:
यस वर्षको एथर स्टललाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्य नजिकबाट अनुभव गर्न सकुन् भन्ने उद्देश्यले विशेष रूपमा डिजाइन गरिएको छ । यहाँ आगन्तुकहरूले कम्पनीका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरूको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमा समेत सहभागी हुन सकिनेछ ।
नाइमा मोबिलिटी एक्सपो २०२६ आगामी अगस्ट ११ देखि १६, २०२६ सम्म सञ्चालन हुनेछ । यदि तपाईं विद्युतीय सवारीका पारखी हुनुहुन्छ वा नयाँ अनुभव सगाल्न चाहनुहुन्छ भने उक्त अवधिमा हल सी, स्टल सी२ मा रहेको एथरको स्टलमा पुगी नयाँ स्कुटर जित्ने अवसरको फाइदा लिन सक्नुहुनेछ ।