युनाइटेड अजोड इन्स्योरेन्सका सीइओ भट्टराईले दिए राजीनामा, कामु सीइओ रिजाल

0 Shares

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको ८६औं बैठकबाट भट्टराईको साउन १८ देखि लागू हुने गरी राजिनामा स्वीकृत भएको छ । भट्टराईले नियुक्ति पाएको तीन महिनामै राजीनामा दिएका हुन् । उनी गत वैशाख १० गते इन्स्योरेन्सको सीइओ नियुक्त भएका थिए । भट्टराईको राजिनामा सँगै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रेना रिजालले पाएकी छिन् । उनी कम्पनीको डीसीईओ हुन् ।

सम्बन्धित समाचार